कात्तिक १२ गतेदेखि गोदावरी पुष्प प्रदर्शन हुँदै
नुवाकोट । फ्लोरिकल्चर एशोसिएसन नेपालले आगामी कात्तिक १२ गतेदेखि १४ औं गोदावरी पुष्प प्रदर्शन हुने भएको छ । एशोसिएसन नेपालले एक पत्रकार सम्मलेन गर्दै आगामी १२ गतेदेखि १५ गतेसम्म प्रदर्शन हुने जानकारी दिएको हो ।

कोरोना महामारीका कारण गत वर्ष कुनै पनि प्रदर्शन गर्न पाएका थिएन । यो वर्ष भने एशोसिएसनले तिहार र छठ पर्वलाई लक्षित गरी गोदावरी फूलको प्रदर्शन गर्ने भएको हो । एशोसिएनसनले उक्त प्रदर्शन मेला जावलाखेलको खेल मैदानमा सञ्चालन हुने एशोसिएसनका उपाध्यक्ष सिताराम पन्तले जानकारी दिए ।
सो मेलामा ४४ वटा व्यवसायिक स्टल र ४ वटा सूचनामुलक स्टल गरी ४८ वटा प्रदर्शनी कक्षहरू हुनेछ । सो स्टल कक्षबाट ८ लाख रुपैयाँ रकम संकलन हुने एशोसिएसनले जनाएको छ । जसमा ४ लाख रुपैयाँ बागमति प्रदेशले प्रदान गरेको छ भने ४ लाख टिकटबाट उठ्ने अपेक्षा गरेको छ । एशोसिएसनकाअनुसार मेलामा १६ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
हरेक वर्ष प्रदर्शनमा प्रतिस्पर्धा हुदै आएको उक्त मेलामा यो वर्ष भने नहुने भएको छ । ‘छाटो समयमा पुष्प प्रदर्शनी कार्यक्रम तय भएकाले र कोभिडको निरन्तर भइरहँदा पुष्प व्यवसायीहरू प्रतिस्पर्धाकालागि आवश्यक पर्ने फूलविरुवा तयारी गर्न नसकेको कारण यस वर्ष विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदर्शनी हुने छैन,’ पन्तले भने ।
तर, मेलामा सहभागी भएको नर्सरी व्यवसायीहरूलाई उत्साह थप्नका लागि उत्कृष्ट स्टलतर्फ प्रतिस्पर्धा गराई एक स्टललाई नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ ।
मेलामा नेपालमा विगत वर्षदेखि नै व्यवसायिक उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल विरुवाहरूको र यस वर्ष भित्रिएका गोदावरी फूलको केही नयाँ प्रजातिका फूल विरुवाहरूको समेत प्रदर्शन तथा बिक्री वितरण हुनेछ । जसमा सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरूको प्रदर्शनमा समावेश हुनेछ ।

त्यस्तै, एशोसिएसनले सो मेलामा ३५ हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा गरेको छ । साथै, ५० लाखको व्यवसायिक कारोबार हुने अपेक्षा लिएको उपाध्यक्ष पन्तले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया