नेकपा एमाले सुर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल
विदुर खबर
२०७८ कार्तिक ९ गते २१:१५

नुवाकोट । नेकपा एमाले सूर्यगढी गाउँपालिकाको अध्यक्षमा राजेन्द्र रिजाल निर्विरोध निर्वाचित भएका छन् ।

मंगलवार भएको अधिवेशनले रिजाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै अधिवेशनले गाउँपालिकाको उपाध्यक्षमा प्रकाश पौडेललाई निर्वाचित गरेको छ भने सचिवमा प्रकास खड्कालाई चयन गरेको छ ।

यस्तै उपसचिवमा ज्ञानबहादुर तमाङ निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । अन्य पदको भने टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया