नुवाकोटको सबै वडामा एमालेको नयाँ नेतृत्व
नुवाकोट । नेकपा एमालेको आसन्न १० औं राष्ट्रिय महाधिवेशनलाई लक्षित गरेर नुवाकोटमा शनिबार वडा अधिवेशन सम्पन्न गरिएको छ ।

१२ वटै पालिकाको कुल ८८ वडामा शनिबार एकैसाथ अधिवेशनहरू सम्पन्न भएका छन । जिल्लाका सबैजसो वडामा सर्वसम्मत ढंगले नेतृत्व चुनिएको बागमती प्रदेशका कृषि राज्यमन्त्री एवं एमाले नुवाकोटका उपाध्यक्ष बद्रि मैनालीले जानकारी दिए ।
उपाध्यक्ष मैनालीका अनुसार ८८ मध्ये ८० वटामा अधिवेशन सम्पन्न भएको छ। अधिवेशन नभएका केही वडा बेलकोटगढी, शिवपुरी र किस्पाङमा रहेका छन । सबै वडामा ३३ प्रतिशत महिला नेतृसहितको ३१ सदस्यीय कमिटीहरू निर्वाचित भएको मैनालीले बताए ।

विदुर नगरपालिकाका १३ वटै वडामा नेतृत्व चयन भएको छ । विदुर नगर कमिटीका इन्चार्ज नारायण घिमिरेका अनुसार वडा नम्बर १ को अध्यक्षमा अर्जुन प्रसाद पाण्डे सर्वसम्मत चयन भएका छन । त्यस्तै वडा नम्वर २ को वडा अध्यक्षमा दामोदर नेपाल, वडा नम्वर ३ को वडा अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन ।
यस्तै विदुर नगरपालिकाको वडा नम्बर ४को अध्यक्षमा निलमवाबु ढुंगेल, वडा नम्वर ५ को वडा अध्यक्षमा रामराजा गजुरेल, वडा ६ को वडा अध्यक्षमा रामचन्द्र पौडल, वडा नम्वर ७ को वडा अध्यक्षमा ईन्दिरा रिजाल, वडा नम्वर ८ को वडा अध्यक्षमा रामचन्द्र श्रेष्ठ, वडा नम्वर ९ को वडा अध्यक्षमा शिवराज वोगटी, वडा नम्वर १० को वडा अध्यक्षमा उद्वव खतिवडा निर्वाचित भएको नगरकमिटीका सचिव अनुजकुमार श्रेष्ठले जानकारी दिए ।

उनले नगरका विभिन्न वडामा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे, बागमती प्रदेश कमिटीका सदस्य गणेश श्रेष्ठ लगायतले सम्बोधन गरेको बताए । उनीहरूले आगामी निर्वाचनमा सबैठाउँमा एमालेले अत्याधिक मतले चुनाव जित्नेगरी तयारीमा लाग्न निर्देशन दिएका छन ।
त्यस्तै विदुर नगरपालिका वडा नम्वर ११ को वडा अध्यक्षमा अर्जुन चालिसे, वडा नम्वर १२ को वडा अध्यक्षमा रामप्रसाद भट्ट र वडा नम्वर १३ को वडा अध्यक्षमा रामकृष्ण खडका सर्वसम्मत चयन भएका छन ।
नेकपा एमाले नुवाकोटका पूर्व प्रचार विभाग प्रमुख माधवप्रसाद तिवारीका अनुसार बेलकोटगढी नगरपालिकामा १३ मध्येको ४ वटा वडामा मात्र अधिवेशन भएको छ । बाँकीमा १४ गतेभित्र अनुकुल समयमा अधिवेशन हुनेछ ।
शनिबार भएको वडा अधिवेशनबाट बेलकोटगढी वडा नम्बर १ को वडा अध्यक्षमा मोहनबहादुर तामाङ सर्वसम्मत चयन भएका छन । बेलकोटगढी नगरकमिटीका अध्यक्ष नवराज तिवारीका अनुसार वडा नम्बर ३ को अध्यक्षमा होमबहादुर सुवेदी प्रल्हाद र वडा नम्बर ४ को अध्यक्षमा शरण सुवेदी निर्वाचित भएका छन ।

त्यस्तै बेलकोटगढी ११ को अध्यक्षमा मोहनकृष्ण मुडभरी निर्वािचत भएका छन । अध्यक्षका प्रशान्तजंग पाण्डे, केशव पाण्डे र नारायणप्रसाद पनेरूले दाबी गरेपछि चारै जनाका बीचमा छलफल गराएर मुडभरीलाई सर्वसम्मत अध्यक्ष चयन गरिएको थियो । उनीहरूलाई बेलकोटगढी ११ का वडा अध्यक्ष रामहरि पाण्डेले शपथ गराएका थिए भने पूर्व प्रचार विभाग प्रमुख तिवारीले अविर लगाएर बधाई दिएका थिए । बेलकोटगढीका बाँकी वडामा १४ गतेसम्ममा अधिवेशन हुनेछ ।
एमाले नुवाकोटका पूर्व सचिव काशिराज अधिकारीका अनुसार ककनी गाउँपालिकाको वडा नम्बर १को अध्यक्षमा अध्यक्ष बिक्रम बलामी चयन भएका छन । त्यस्तै वडा नम्बर २ को अध्यक्षमा प्रेमबहादुर तामाङ वडा नम्बर २ को अध्यक्षमा हरिहर ढुंगनावडा नम्बर ४ को अध्यक्षमा पद्म लामा निर्वाचित भएका छन ।
यस्तै ककनी गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा ललित लामा, वडा नम्बर ६ को अध्यक्षमा दक्षदेव पाठक वडानम्बर ७ को अध्यक्षमा पुरुपोत्तम थपलिया र वडा नम्बर ८ को अध्यक्षमा पूर्णलाल श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन ।

यस्तै जिल्लाको सृर्यगढी गाउँपालिका वडा नम्वर १ को अध्यक्षमा सुर्यबहादुर ग्लान सर्वसम्मत भएका छन । सृर्यगढी वडा नम्बर २ को अध्यक्षमा राजु तामाङ वडा नम्बर ३ को अध्यक्षमा सिंगलबहादुर थापा, वडा नम्वर ४ को अध्यक्षमा राजन गुरुङ, वडा नम्बर ५ को अध्यक्षमा हरिप्रसाद भट्टराई सर्वसम्मत भयन भएका छन ।
पञ्चकन्या गउँपालिका कमिटीका अध्यक्ष रामनाथ खनालका अनुसार सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । उनका अनुसार पञ्चकन्या गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा राजेश वाग्ले, वडा नक्बर २को अध्यक्षमा धर्मकोईराला, वडा नम्बर ३ को अध्यक्षमा क्यापटेन राम थापा, वडा नम्बर ४ को अध्यक्षमा राम थापा र वडा नम्बर ५ को अध्यक्षमा राम थापा सर्वसम्मत चयन भएका छन ।
अनेरास्ववियूका पूर्व केन्द्रीय सदस्य राजन ढकालका अनुसार लिखु गाउँपालिको ४ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । भने २ वटा वडामा विवाद भएको छ । वडा अधिवेशनमा बागमती प्रदेशका कृषि राज्यमन्त्री बद्री मैनाली, एमाले बागमती प्रदेश कमिटीका सदस्य पूर्णलाल श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

अधिवेशनबाट लिखु गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा प्रेमबहादुर थापा मगर, वडा नम्बर ४ को अध्यक्षमा भरत राई, वडा नम्बर ५ को अध्यक्षमा अध्यक्षमा मनोज मानन्धर र वडा नम्बर ६ को अध्यक्षमा रामबहादुर ओझा सर्वसम्मत निर्वाचित भएका छन । वडा नम्बर १ र ३ मा भने पुनः अधिवेशन गर्ने विषयमा छलफल भएको ।

यस्तै नेकपा एमालेको बागमती प्रदेश कमिटी सदस्य एवं तारकेश्वर गाउँपालिका अध्यक्ष रमेश वस्तीका अनुसार ६ वटै वडामा सर्वसम्मत ढंगले नेतृत्व चयन भएको छ । उनका अनुसार वडा नम्बर १ को अध्यक्षमा हितबहादुर तामाङ, वडा नम्वर ३ को अध्यक्षमा बच्चुराम रिमाल, वडा नम्बर ४ को अध्यक्षमा हरि पौडेल, वडा नम्वर ५ को अध्यक्षमा बिक्रम गुरुङ, वडा नम्बर ६ को अध्यक्षमा गोपिराज रिमाल सर्वसम्मत चयन भएका छन । अध्यक्ष वस्तीका अनुसार वडा नम्बर २ को अधिवेशन यही कात्तिक ९ गते हुनेछ ।

यस्तै जिल्लाको किस्पाङ गाउँपालिकाको वडा नम्बर १ को अध्यक्षमा विष्णुसिंह तामाङ सर्वसम्मत भएका छन । त्यस्तै वडा नम्वर २को अध्यक्षमा उमाकान्त भट्ट, वडा नम्वर ३ को अध्यक्ष्मा शंख तामाङ, वडा नम्वर ५ को अध्यक्षमा अमिक मोक्तान निर्वाचित भएका छन । नेकपा एमाले किस्पाङ गाउँ कमिटीका अध्यक्ष वीरबल तामाङका अनुसार वडा नम्बर ४ को अधिवेशन कात्तिक ८ गते सम्पन्न हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु
गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नुवाकोटको अध्यक्षमा कार्की





प्रतिक्रिया