नेकपा एमाले विदुर ५ को अध्यक्षमा गजुरेल

विदुर खबर २०७८ कार्तिक ७ गते ७:०२

नुवाकोट । नेकपा एमाले विदुर नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा राजाराम गजुरेल चयन भएका छन् ।

Advertisement

शनिवार विदुर नगरपालिका वडा नम्बर ५ को पहिलो वडा अधिवेशनले गजुरेलको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।

यस्तै समितिको उपाध्यक्षमा यशोधा कडेल र सचिवमा देवेन्द्र वहादुर अर्याल चयन भएका छन् । त्यस्तै सह–सचिवमा राजेश अर्याल र समुन्द्र चित्रकार निर्वाचित भएका छन् ।

Advertisement

कमिटिको सदस्यहरुमा क्रृषि वहादुर श्रेष्ठ, रुपा खाती, सञ्जु थापामगर, सुवास अर्याल , ईश्वर अर्याल, राधा गजुरेल, राजकुमार पुडासैनी, कृष्ण भट्ट र सन्तोष कुमाल रहेका छन् ।

यस्तै अन्य सदस्यहरुमा सुमन कुमाल , दिलमाया कुमाल, सिता अर्याल, पवन अधिकारी, धुव्रलाल चित्रकार, सिताराम रिजाल, कुमार वि.क, कल्पना मिजार र सकुना नेपाली रहेका छन् ।

Advertisement

बाँकी रहेका ७ सदस्य भने निर्वाचित कमिटिले पछि पदपूर्ति गर्ने बताइएको छ ।

प्रतिक्रिया