नेकपा एमाले विदुर ५ को अध्यक्षमा गजुरेल
नुवाकोट । नेकपा एमाले विदुर नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा राजाराम गजुरेल चयन भएका छन् ।

शनिवार विदुर नगरपालिका वडा नम्बर ५ को पहिलो वडा अधिवेशनले गजुरेलको नेतृत्वमा २४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
यस्तै समितिको उपाध्यक्षमा यशोधा कडेल र सचिवमा देवेन्द्र वहादुर अर्याल चयन भएका छन् । त्यस्तै सह–सचिवमा राजेश अर्याल र समुन्द्र चित्रकार निर्वाचित भएका छन् ।

कमिटिको सदस्यहरुमा क्रृषि वहादुर श्रेष्ठ, रुपा खाती, सञ्जु थापामगर, सुवास अर्याल , ईश्वर अर्याल, राधा गजुरेल, राजकुमार पुडासैनी, कृष्ण भट्ट र सन्तोष कुमाल रहेका छन् ।
यस्तै अन्य सदस्यहरुमा सुमन कुमाल , दिलमाया कुमाल, सिता अर्याल, पवन अधिकारी, धुव्रलाल चित्रकार, सिताराम रिजाल, कुमार वि.क, कल्पना मिजार र सकुना नेपाली रहेका छन् ।

बाँकी रहेका ७ सदस्य भने निर्वाचित कमिटिले पछि पदपूर्ति गर्ने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया