भारतमा काेराेना १६,३२६ नयाँ संक्रमितहरू थपिए

विदुर खबर २०७८ कार्तिक ६ गते १८:१९

नुवाकोट । भारतमा कोभिड १९ संक्रमितको सङ्ख्या शनिबार ३४,१५९,५६२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १६,३२६ नयाँ सङ्क्रमितहरू फेला परेका छन् ।

Advertisement

संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार शुक्रबार बिहानदेखि कोभिड महामारीका कारण ६६६ जनाले ज्यान गुमाएका छन् यो सँगै मृतकको सङ्ख्या ४५३,७०८ पुगेको छ। सङ्क्रमणबाट ज्यान गुमाउनेमा दक्षिण भारतको केरला प्रदेशका बढी रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी हालसम्म ३३,५३२,१२६ जना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमध्ये पछिल्लो २४ घण्टामा १७ हजार ६७७ जना छन् ।

Advertisement

प्रतिक्रिया