भारतमा जिप दुर्घटना, दुई नेपालीसहित पाँचको मृत्यु

नुवाकोट । भारत पिथौरागढ जिल्ला थलभुवानी नजिकै बुधबार भएको जिप दुर्घटना परी बैतडीको पाटन नगरपालिका–६ का ४८ वर्षीय मदनमोहन जोशी र खिमाली गाउँका ३९ वर्षीय दीपक अवस्थीको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा भारतीय सेनाका रिटार्यड ब्रिगेडियर व्निोदकुमार चन्द, पिथौरागढकै कल्याण चन्द र रघुवीर सिंह रहेका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतको पिथौरागढ जिल्ला थलभुवानी नजिक पीएच ०१ एजेड ९७४४ नम्बरको फर्चुनर गाडी भीरबाट खसेर दुर्घटना भएको हो ।
गाडी रिटार्यड ब्रिगेडियर चन्द आफैं चलाएको बताइएको छ । उहाँको गाउँ बुगामा कूलपूजा भएकाले पूजाभन्दा अगाडि चन्दका कूल पुजारी बैतडीका अवस्थी र जोशीले चन्दलाई स्नानका लागि कर्ण प्रयाग लानुभएको बताइएको छ ।

स्नान गरेर कूलपूजाका लागि फर्किंदै गर्दा जिप दुर्घटना भएको त्यहाँको प्रहरीले जनाएको छ । चन्द राति अनिँदो रहेको र गाडी चलाउँदा निद्रा लागेपछि दुर्घटना भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी
रास्वपा नुवाकोटको सभापतिमा रामेश्वर गजुरेल निर्वाचित





प्रतिक्रिया