नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु
नुवाकोट । नुवाकोटमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा एकजना कोरोनामुक्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ८ हजार एकसय ४२ पुगेको छ ।
त्यस्तै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय १० पुगेको छ । यस्तै सक्रिय कोरोना संक्रमितको १८ पुगेको छ ।

सक्रिय कोरोना संक्रमितमध्ये १८ जना नै होम आइसोलेसनमा उपचाररत रहेको कार्यालयका सुचना अधिकारी खनालले बताए ।

नुवाकोटमा हालसम्म २८ हजार ६२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कुलमानलाई रास्वपाले दियो दोस्रो वरीयता
बालेन्द्रले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु
कांग्रेसको समानुपातिक सूचीमा अर्जुननरसिंहको नाम
रवि-बालेन एकताको प्रभाव खासै छैन : महत
रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरु 





प्रतिक्रिया