श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

विदुर खबर २०७८ कार्तिक २ गते ११:२९
सूचक फोटो

नुवाकोट । तेह्रथुममा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु भएको छ । गम्भीर घाइते बनेकी श्रीमतीको उपचार भइरहेको छ । 

Advertisement

छथर गाउँपालिका-३, ज्यामिरे बस्ने ५४ वर्षीय गोबिन्द बहादुर लिम्बु र उनकै पत्नी ५२ वर्षीया भक्त कुमारी लिम्बुबीच आपसमा झगडा र कुटपिट भएको थियो ।

कुटपिटबाट टाउकोमा चोट लागेपछि गम्भीर घाइते भएका गोविन्दबहादुरलाई उपचारका लागि छथर अस्पताल पुर्‍याइएको थियो । तर उनको उपचारकै क्रममा आइतबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

श्रीमान् सँगको झगडामा बेहोस् बनेकी भक्त कुमारीलाई सोही अस्पताल हुँदै थप उपचारको लागि धरानको बीपी काेइराला स्वास्थ विज्ञान प्रतिस्ठान अस्पताल रेफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया