किस्पाङ दुर्घटना : घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने नेता केसीको माग

नुवाकोट । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नुवाकोटको किस्पाङमा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री समेत रहेका नेता केसीले गृहजिल्लामा भएको बस दुर्घटनाप्रति दुख व्यक्त गरेका हुन् । नेता केसीले दुर्घटनामा परि मृत्यु हुनेप्रति श्रद्धाञ्जली साथै घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन् ।
नेता केसीले दुर्घटनाबाट घाइते हुनेहरुको उपचार सरकारले व्यवस्था गर्न आग्रह गरेका छन् । दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। सम्पूर्ण घाईतेहरुको सबै उपचार खर्चको व्यवस्था सरकारले गरोस् ।’ नेता केसीले भनेका छन् ।
सोमबार बिहान किस्पाङ गाउँपालिका भुमेस्थानमा भाल्चे हुँदै काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ भुमेस्थानमा दुर्घटनामा परेको थियो ।
त्यसैगरी घाइतेहरुको तत्काल उद्दार व्यवस्थापन र अस्पताल पुर्याउन , प्रशासन प्रहरी ,एम्बुलेन्स चालकहरु र स्थानीय जनता, उपचारमा खटिने सम्पुर्ण स्वास्थ्यकर्मीहरुको कार्य र तदारुकता प्रशंसनीय रहेको बताए ।
सोमबार बिहान भुमेस्थानमा भाल्चे हुँदै काठमाडौं आउँदै गरेको बा ४ ख ५७६२ नं को बस दुर्घटना भएको हो । दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने घाइतेसंख्या ५२ पुगेको स्थानीय प्रशासनले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया