दार्चुलामा अढाई फिट हिमपात
नुवाकोट । दार्चुलाको ब्याँस गाउँपालिका–१ तिंकरमा भारी हिमपात भएको छ ।

आइरतबार रातीबाट भएको वर्षाका कारण तिंकर गाउँमा अढाई फिट हिमपात भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक माधव विस्वकर्माले जानकारी दिनुभयो ।
तिंकर प्रहरी चौकीका अनुसार सो क्षेत्रमा सोमबार विहानैबाट हिमपात भइरहेको छ । चिसोका कारण असोज ३० गतेबाटै खानेपानीको पाइप जाम भएर पानीको आपुर्ति हुन नसकेको प्रहरीले जनाएको छ । तिंकरमा हिमपात भएपछि सदरमुकाम खलंगा लगायतका स्थानमा चिसो बढेको छ ।
ब्याँस गाउँपालिका–१ तिंकरमा सौका समुदायको बसोबास रहेको छ । भारी हिमपात भएपछि त्याहाको जनजिवन कष्टकर भएको प्रहरीले जनाएको छ । अहिले पनि तिंकरमा हिमपाती जारी रहेको जनाइएको छ । पश्चिमी वायुका कारण वर्षा भएपछि दार्चुलामा यसवर्षको पहिलो हिमपात भएको हो ।
३३ केभिए प्रशारण लाइनका पोल ढल्दा विद्युत अवरुद्ध
आईतवार राति हावा र हुरी सहित भएको वर्षाका कारण विद्युतिय पोल ढल्दा जिल्ला सदरमुकाम लगायत क्षेत्रको विद्युत पुर्ण रुपमा अवरुद्ध भएको छ । चमेलिया जल विद्युत आयोजनाबाट जिल्ला सदरमुकाम खलंगा सम्म विस्तार गरिएको ३३ केभिए प्रशारण लाईन अन्तरगतको बरमुडे क्षेत्रका ३ वटा पोल ढल्दा विद्युत पुर्ण रुपमा अवरुद्ध भएको हो ।
जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्वर ६ मा पर्ने वरमुडे क्षेत्रमा विस्तार गरिएको ३३ केभिए लाईनका पोलहरु हावा हुरीले ढलेर विद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । आईतवार राति ११ बजे अवरुद्ध भएको लाईन मर्मत हुन नसक्दा विद्युत सुचारु हुन सकेको छैन ।
दार्चुला वितरण केन्द्रका अनुसार सो क्षेत्रमा पोल गाड्ने कार्य भैरहेको र मौषम प्रतिकुल भएका कारण अवरुद्ध विद्युतीय लाईन सुचारु गर्न कठिनाई भईरहेको बताईएको छ ।
विद्युत अवरुद्ध हुँदा जिल्लामा सदरमुकाम खलंगा लगायत आसपासका क्षेत्रहरुमा अन्धकार भएको छ । ३३ केभिए लाईन विस्तारको क्रममा ठेकेदार र तत्कालीन प्राधिकरण प्रमुखको मिलेमतोमा चरम भ्रष्टाचार भएको यहाँका स्थानियले आरोप लगाएका छन् । विद्युतीय लाईन गुणस्तरीय नहुदा सामान्य हावाहुरी र पानी परेको बेला पनि लाईन अवरुद्ध हुने गरेको छ
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया