नुवाकोटको पौने दुई अर्ब फ्रिज
नुवाकोट । नुवाकोटमा राजश्व संकलन बढेको छ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी डुम्रेका अनुसार संघ र प्रदेशको खर्च नभएको सशर्त अनुदान, विशेष अनुदान र समपुरक बजेट पनि राजश्वकै रुपमा दाखिला हुने भएकोले जिल्लामा राजश्व असुलीको अंक धेरै देखिएको बताए। यद्यपि, राजश्व बढ्नु सकारात्मक रहेको उद्योगी व्यवसायीहरु बताउँछन्।
त्यस्तै समयमै काम नहुँदा नुवाकोटमा विकासका लागि आएको अर्बौं रकम फिर्ता भएको छ। नुवाकाटको विकासका लागि गत वर्ष आएको मध्ये पौने दुर्इै अर्बभन्दा बढी रकम फ्रिज भएको हो।
गत आर्थिक वर्ष २०७७/०७८ मा पनि नुवाकोटको विकासको लागि आएको पौने दुई अर्ब रुपैयाँभन्दा बढी विकास बजेट फिर्ता भएको छ। संघीय सरकार र प्रदेश सरकारबाट जिल्लाको विकासको लागि विभिन्न योजनामा आएका रकमहरु खर्च नहुँदा फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालय नुवाकोटले जनाएको छ।

संघ र प्रदेशको गरी एक अर्ब ६१ करोड ४४ लाख ७८ हजार रुपैयाँ रकम फिर्ता भएको छ। जसमा विकास बजेट एक अर्ब १५ करोड ६६ लाख १६ हजार रुपैयाँ रहेको छ भने चालुतर्फको ४५ करोड ७८ लाख ६१ हजार सात सय ५७ रुपैयाँ रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी युवराज डुम्रेले जानकारी दिए ।
उनका अनुसार संघतर्फको एक अर्ब २४ करोड १७ लाख १६ हजार दुई सय पाँच र प्रदेश सरकारतर्फको ३७ करोड २७ लाख ६१ हजार आठ सय असी रहेको छ। गत आर्थिक वर्षमा नुवाकोटका संघीय सरकार र प्रदेश सरकारबाट चालु खर्च र पुँजीगत खर्चको लागि १५ अर्ब ६९ करोड ५३ लाख २१ हजार बजेट आएको थियो।
नुवाकोटलाई प्राप्त बजेटमध्ये १४ अर्ब ८० करोड ८ लाख ८२ हजार रुपैयाँ करिब ९० प्रतिशतमात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ। गत आर्थिक वर्ष नुवाकोटमा संघीय बजेटअन्तर्गत चालुतर्फको ७ अर्ब ८४ करोड ८३ लाख ८२ हजार रुपैयाँ प्राप्त भएकोमा ७ अर्ब ५५ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको छ ।
पुँजीगततर्फको ४ अर्ब ३७ करोड ४९ लाख २९ हजार रुपैयाँ बराबरको बजेट प्राप्त भएकोमा ३ अर्ब ४२ करोड ६४ लाख १ हजार रुपैयाँ खर्च भएको छ। प्रदेश सरकारको बजेटअन्तर्गत चालूतर्फको १ अर्ब २३ करोड ४ लाख २१ हजार रुपैयाँ मध्ये १ अर्ब ५ करोड ५७ लाख ४७ हजार रुपैयाँ खर्च भएको छ।
पुँजीगत तर्फको २ अर्ब २४ करोड १५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेटमध्ये २ अर्ब ३ करोड ३४ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ। यसको २१ करोड भन्दा बढी फिर्ता भएको हो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ
संगम एकल नृत्य प्रतियोगिताको उपाधि त्रिशुलीकी मलेकुलाई
नेपाली काँग्रेस नुवाकोटबाट राष्ट्रियसभा र प्रतिनिधिसभाको उम्मेदवार सिफारिस
ओली र लेखकको बयानका लागि उपाय खोजिँदै
मलाई निर्वाचन लड्न कसैले रोक्न सक्दैन : डा.केसी





प्रतिक्रिया