किस्पाङ वस र्दुघटना : एकजनाको मृत्यु
विदुर खबर
२०७८ कार्तिक १ गते १५:४३
नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका वडा नम्बर ५ मानेगाउँमा सोमवार विहान भएको वस र्दुघटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रमेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनको उपचारको क्रममा काठमाण्डौको ग्राण्डी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ ।
भाल्चेबाट काठमाण्डौतर्फ जान लागेको बा ४ ख ५७६२ बस दुर्घटनामा परेको किस्पाङ गाउँपालिकाले जानकारी दिएको छ । दुर्घटनामा ४० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घाइतेमध्ये २७ जनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको छ भने ८ जनालाई हेलिकप्टर मार्फत काठमाण्डौ लगिएको छ ।यस्तै केहि यात्रुहरु सामान्य उपचारपछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

वसमा क्षमताभन्दा बढी यात्रु राख्दा र्दुघटना भएको बताइएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’





प्रतिक्रिया