८ जिल्लाका सीडीओ फेरिए

विदुर खबर २०७८ कार्तिक १ गते ९:१८

नुवाकोट । सिन्धुपाल्चोक, स्याङ्जा, डोल्पा र रोल्पासहित ८ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ ।

Advertisement

आइतबार गृह मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सिन्धुपाल्चोक, स्याङ्जा, कैलाली, पाल्ला, डोल्पा, मुस्ताङ, अर्घाखाँची र रोल्पाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो ।

गृह मन्त्रालयका सहसचिव किरण थापा कैलालीको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् भने कैलालीमा प्रमुख जिल्ला अधिकारी रहेका खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालय सिंहदरबार बोलाएको छ ।

Advertisement

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रहेका उपसचिव वेदनिधी खनाल सिन्धुपाल्चोकको प्रमुख जिल्ला अधिकारी बनेका छन् । यस्तै इलाका प्रशासन कार्यालय कपिलवस्तुका नेत्रप्रसाद शर्मा मुस्ताङको प्रमुख जिल्ला अधिकारी बनेका छन् ।

यसअघि मुस्ताङमा सीडीओ रहेका श्रीनाथ पौडेललाई भने रोल्पा सरुवा गरिएको छ । गृहका उपसचिव राजुप्रसाद पौडेल स्याङ्जाको सीडीओ बनेका छन् । यस्तै कारागार व्यवस्थापन विभाग कालिकास्थानका निर्देशक वेधनिधी अधिकारीलाई डोल्पा पठाइएको छ।

Advertisement

प्रतिक्रिया