साफ च्याम्पियनसिप : उपाधिका लागि नेपाल र भारत भिड्दै
नुवाकोट । साफ च्याम्पियनसिप २०२१ को उपाधिकालागि नेपाल र भारत आज भिड्दै छन्।

नेपाली फुटबलका लागि आज विशेष रहनेछ। साफमा पहिलोपटक फाइनल पुगेको नेपाललाई आज भारतलाई पराजित गर्दै इतिहास रच्ने मौका छ।
नेपाली समय अनुसार राति ८ः४५ मा माल्दिभ्सको नेसनल स्टेडियममा हुने खेलमा भारतलाई हराए नेपाल फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलता हात पार्नेछ।
सन् १९९३ देखि सुरु भएको साफ प्रतियोगितामा नेपाल सेमिफाइनल भन्दा अगाडि बढ्न सकेको छैन। नेपाल २८ वर्षपछि पहिलो पल्ट फाइनल खेल्दैछ। नेपालले सुरुआती दुई प्रतिस्पर्धामा माल्दिभ्स र श्रीलंकालाई हराएको थियो।
त्यस्तै, नेपाल भारतसँग पराजित भएको नेपालले निर्णायक खेलमा बंगलादेशलाई बराबरीमा रोकेर उपाधिको यात्रा तय गरेको थियो।
भारतले बंगलादेश र श्रीलंकाविरुद्धका सुरुआती दुई खेल मा बराबरी खेलेको थियो। यस्तै, नेपाल र माल्दिभ्सलाई पराजित गरेको थियो।
नेपालका मुख्य प्रशिक्षक अल्मुताइरीले फाइनल खेल गुमाउने
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भने आजको खेल गुमाउने भएका छन्। प्रतियोगिताको लिग चरण दौरान दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले उनीमाथि प्रतिबन्ध लगाएको हो।

यस्तै, भारतका प्रशिक्षक इगोर स्टिमेक पनि प्रतिबन्धमा परेका छन्। भारतीय प्रशिक्षक स्टिमेकले माल्दिभ्सविरुद्धको खेलमा रातो कार्ड पाएका कारण उनी ‘डगआउट’ मा हुने छैनन्। दुवैले टेक्निकल एरियामा रहेर आफ्ना खेलाडीलाई निर्देशन दिन पाउने छैनन।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











म सिनियर हुँ, संसदीय दलको नेतामा दाबी रहन्छ : केसी
‘म अर्जुननरसिंह केसी ‘गगनको ससुरा भएर बनेको हुँ ?’
चैत ११ मा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीको शपथ
आजको मौसम : देशभर वर्षा र हिमपातको सम्भावना
नुवाकाेटकाे बुद्धभुमी हाइड्रोले चैत २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने





प्रतिक्रिया