गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

विदुर खबर २०७८ असोज २९ गते ८:४९

नुवाकोट । गुल्मीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। बिहीबार राति भएको दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। 

Advertisement

बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप बिहीबार राति रेसुङ्गा नगरपालिका–१० को पाँचरातेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका– २ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँकी १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए। तीनै जनाको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको हो।

Advertisement

दुर्घटनामा परी घाइते भएकामध्ये ५ जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ। १ जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको जनाइएको छ। जीप दुर्घटनाको खबरपछि खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो। उक्त जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। 

Advertisement

प्रतिक्रिया