बुद्धभुमि हाइड्रोपावरले कारोबारका लागि कति मूल्य पाउला ?

विदुर खबर २०७८ असोज २५ गते ८:२२

नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले दोस्रो बजारमा पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ८४ दशमलव शून्य ५ देखि रू. २५२ दशमलव १५ सम्मको मूल्य रेञ्ज पाउने देखिएको छ ।

Advertisement

पछिल्लो समय असोज २२ गते सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको कम्पनीले आर्थिक वर्ष ०७६/७७ को वास्तवित प्रतिशेयर नेटवर्थको आधारमा तीन गुणासम्म पहिलो कारोबारका लागि मूल्य रेञ्ज पाउने भएको हो । उक्त अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव शून्य ५ रहेको छ ।  

कम्पनीले सर्वसाधारणका लागि असोज ११ गतेदेखि १४ गतेसम्म ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।

Advertisement

सर्वसाधारणका लागि छुट्याईएको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओमध्ये २ प्रतिशत दरको १६ हजार कित्ता कर्मचारीहरुमा र ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषहरुमा बाँडफाँट गरेको छ ।

कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि आयोजना प्रभावित नुवाकोट जिल्लाका स्थानीयका लागि गत साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आईपीओ विक्री गरी भदौ ३१ गते बाँडफाँट गरेको थियो ।

Advertisement

कम्पनीले स्थानीय सहित सर्वसाधारणमा प्रतिशेयर रू. १०० अंकित मूल्यको १२ लाख कित्ता साधारण शेयर निष्कासनका लागि अनुमति पाएकोमा पहिलो चरणमा ४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुमा बाँडफाँट गरेको हो ।

कम्पनीले नुवाकोट जिल्लामा तल्लो तोदी खोलाको पानीबाट ४ दशमलव ९९३ मेगाबाट क्षमताको तल्लो तोदी खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजना निर्माणको कुल लागत रू. १ अर्ब १९ करोड रहेको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७/७८ को अपस्किृत वित्तिय विवरण अनुसार प्रतिशेयर आम्दानी रू. १२ दशमलव ५६ ऋणात्मक रहेको छ भने सो अवधिसम्म कम्पनीले रू. ३ करोड ६८ लाख ३२ हजार खुद नोक्सानी व्यहोरेको छ ।

प्रतिक्रिया