तादीका बृद्धको शव चौघडामा भेटियो

विदुर खबर २०७८ असोज २५ गते ७:४२

नुवाकोट । नुवाकोटको तादी गाउँपालिकाका बृद्धको शव चौघडामा भेटिएको छ ।

Advertisement

एक सातादेखि बेपत्ता तादी गाउँपालिका वडा नम्बर ४ निवासी ९६ वर्षीय तुलप्रसाद दाहाल मृत अवस्थामा फेला परेका हुन् ।

दाहाल गत असोज १९ गतेबाट बेपत्ता भएका थिए । उनको चौघडास्थित स्थानीय खोलामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

स्थानियले शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

मृतक तुलप्रसादको मानसिक सन्तुलन गुमेको बताइएको छ ।

Advertisement

प्रतिक्रिया