केउरिनीका विपन्न परिवारलाई खाद्यान्न सहयोग

विदुर खबर २०७८ असोज २१ गते १०:०५

नुवाकोट । नुवाकोट लायन्स क्लब अफ काठमाडौं राेजले विदुर ८, केउरिनीमा रहेको विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

Advertisement

श्री बटुक भैरव प्रा विकाे प्रांगणमा भएको कार्यक्रममा तीस परिवारले खाद्यान्न प्राप्त गरेकाछन्। लायन्स उद्यमी नमूना गाउँ केउरेनीमा आयोजना गरिएको उक्त कार्यक्रममा लायन्स क्लबका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकाेटी लगायतका लायन्स लिडरहरुले खाद्य सामग्री तथा स्कुलका छात्रछात्रालाई स्टेसनरी र स्कुल व्याग वितरण गरेका थिए।

अमेरिका निवासी अर्पण कार्कीबाट प्राप्त आर्थिक सहयोगमा खाद्य सामाग्री वितरण गरिएको आयाेजक क्लब काठमाडौं राेजका अध्यक्ष पार्वती कार्कीले जानकारी दिनुभयो ।

Advertisement

कार्यक्रममा लायन्स क्लबका इन्टरनेशनल डाईरेक्टर बालकृष्ण बुर्लाकाेटी, क्लस्टर चिफ अनुज कुमार श्रेष्ठ, सुस्मा काेईराला, लायन्स माेडल भिलेज नुवाकोटका प्रमुख श्रीकृष्ण रिजाल, उपप्रमुख तथा लायन्स क्लब अफ नुवाकोट उपकारका चार्टर प्रेसिडेन्ट सन्तोष उप्रेती, काठमाडौं राेजका अध्यक्ष पार्वती कार्की, वडा सदस्य देव कुमारी विक, प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदी, नुवाकोट उद्योग वाणिज्य संघका सदस्य सुमन भण्डारी र काठमाडौ राेजका चार्टर मेम्बर तारा कार्कीको उपस्थिति रहेको थियाे।

मानवीय सेवामा सकृय लायन्स क्लबले आफैले शुरुआत गरेको नमूना गाउमा पुगेर बडा दशैकाे मुखमा खाद्यान्न वितरण गर्नुलाई स्थानीयले महत्त्वका साथ हेरेका छन्।

Advertisement

प्रतिक्रिया