माओवादीले टुंगो लगायो चार मन्त्री
नुवाकोट । माओवादी केन्द्रले सत्ता गठबन्धनमा भएको सहमतिअनुसार पाउन बाँकी रहेको चार मन्त्रालयका लागि चार मन्त्रीको नाम टुंगो लगाएको छ ।
माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।
माओवादीले चार जना मन्त्रीको नाम टुंगो लगाए पनि मन्त्रालयको टुंगो अझै लागिसकेको छैन । सत्ता साझेदार चारवटै दलले मन्त्रीहरूको नाम टुंगो लगाएपछि गठबन्धनको बैठक बसेर मन्त्रालयको जिम्मेवारी तोक्ने बताइएको छ ।
नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जनाको नाम बुझाउनुभएको छ ।
त्यसै गरी, जनता समाजवादीले भने सरकारमा पठाउने मन्त्रीको टुंगो अझै लगाउन सकेको छैन । मन्त्रालय भागवण्डाको विषयमा बुधबार शीर्ष तहमा छलफल भए पनि मन्त्री छनोटको निर्णय हुन सकेको थिएन ।
प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई दुई जना मन्त्रीको नाम दिन आग्रह गर्नुभएको थियो । तर, नेता पौडेल समूहले भने आफूहहरूले तीनवटा मन्त्रालय पाउनुपर्ने अडान कायमै राखेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया