माओवादीले टुंगो लगायो चार मन्त्री

नुवाकोट । माओवादी केन्द्रले सत्ता गठबन्धनमा भएको सहमतिअनुसार पाउन बाँकी रहेको चार मन्त्रालयका लागि चार मन्त्रीको नाम टुंगो लगाएको छ ।
माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।
माओवादीले चार जना मन्त्रीको नाम टुंगो लगाए पनि मन्त्रालयको टुंगो अझै लागिसकेको छैन । सत्ता साझेदार चारवटै दलले मन्त्रीहरूको नाम टुंगो लगाएपछि गठबन्धनको बैठक बसेर मन्त्रालयको जिम्मेवारी तोक्ने बताइएको छ ।
नेकपा एकीकृत समाजवादीले पनि सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जनाको नाम बुझाउनुभएको छ ।
त्यसै गरी, जनता समाजवादीले भने सरकारमा पठाउने मन्त्रीको टुंगो अझै लगाउन सकेको छैन । मन्त्रालय भागवण्डाको विषयमा बुधबार शीर्ष तहमा छलफल भए पनि मन्त्री छनोटको निर्णय हुन सकेको थिएन ।
प्रधानमन्त्री देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई दुई जना मन्त्रीको नाम दिन आग्रह गर्नुभएको थियो । तर, नेता पौडेल समूहले भने आफूहहरूले तीनवटा मन्त्रालय पाउनुपर्ने अडान कायमै राखेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया