भारतमा कोभिडका थप १८ हजार ३४६ जना संक्रमित

विदुर खबर २०७८ असोज १९ गते २१:३३

नुवाकोट । भारतमा कोरोनाभाइरसबाट थप १८ हजार ३४६ जना संक्रमित भएका छन् ।

Advertisement

संक्रमितको यो संख्या छ महिनायताको नै कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या दुई लाख ५२ हजार ९०२ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको यो संख्या २०१ दिन यताको नै कम हो । भारतमा पछिल्लो समय दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

Advertisement

दैनिक संक्रमितको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त हुनेको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितको सङ्ख्या कम हुँदै गएको हो । सोमबार दिनभरमा १८ हजार ३४६ सङ्क्रमित हुँदा २९ हजार ६३९ जना सङ्क्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड ३१ लाख ५० हजार ८८६ रहेको अधिकारीले जनाएका छन् । भारतको चिकित्सा अनुसन्धान परिषद्काअनुसार कोरोना शुरु भएदेखिहालसम्म भारतमा ५७ करोड ५३ लाख जना कोरोना परीक्षण गरिएको छ ।

Advertisement

भारतमा गत जनवरी १६ तारिखबाट कोरोनाविरुद्ध खोप अभियान शुरु गरिएको हो सो समयबाट हालसम्म करिब ९१ करोड डोज खोप लगाइएको छ ।

प्रतिक्रिया