‘दशैंअघि ३५ प्रतिशतलाई कोभिडविरुद्धको खोप’
नुवाकोट । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैंअघि ३५ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताउनुभएको छ ।

मन्त्री श्रेष्ठले नेपाल समाचारपत्रसँगको कुराकानीमा सरकारको पहिलो प्राथमिकता खोप रहेको उल्लेख गर्दै यो वर्षको अन्त्यसम्म सबै जनतालाई खोप उपलब्ध गराइसक्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार उपत्यकामा ७५ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको खोप लगाइसकेको छ । मन्त्री श्रेष्ठका अनुसार हालसम्म १ करोड ४१ लाख मात्रा खोप उपलब्त्र गराइसकिएको र दशैंसम्ममा १ करोड ६० लाख मात्रा खोप उपलब्ध गराउने योजना रहेको छ ।
उहाँले मोडर्ना र फाइजर खोप आउने सुनिश्चित भइरहेको बताउँदै अब खोपको समस्या नहुने दाबी गर्नुभयो । उहाँले २ करोड १७ लाख जनतालाई पुग्ने गरी खोपको सुनिश्चितता गरिएको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले १४ हिमाली जिल्लाका सबै नागरिकलाई खोप लगाउने काम शुरू गरिएको जिकिर गर्दै तीन महिनाभित्र हिमाली जिल्लामा खोप लगाइसक्ने बताउनुभयो ।
उहाँले दशैंलगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिने जानकारी दिँदै त्यसका लागि १ करोड खोप आउने सुनिश्चित भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘४० लाख मोडर्ना र ६० लाख फाइजरको खोप खरिदको व्यवस्था गरिएको छ । दशैंलगत्तै फाइजरको १ लाख खोप आउने, त्यसपछि माघ महिनासम्ममा फाइजर र मोडर्ना खोपको व्यवस्थापन हुनेछ ।’
सरकारले चालू आर्थिक वर्षको बजेटमा सबै मन्त्रालय र सरकारी निकायको अधिकांश भ्रमण भत्ता, इन्धनलगायतमा कटौती गरी खोपलाई प्राथमिकता दिएको थियो ।

हाल सरकारले जापान, भारत र चीन सरकारले उत्पादन गरेको खोपसँगै अमेरिकाको एक डोजमात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको प्रयोग गरिरहेको छ । सबैभन्दा बढी चीनको भेरोसेल खोप प्रयोग भइरहेको मन्त्रालयको भनाइ छ । त्यसै गरी, भारत सरकारले उपलब्ध गराउने कोभिसिल्ड खोप पनि केही महिनाभित्र नेपाल आइपुग्ने मन्त्रालयको भनाइ छ ।
अघिल्लो सरकारका पालामा गत माघ १४ गतेबाट खोप अभियान शुरु भएको थियो । अभियान शुरु गरेको केही महिना कोभिड–१९ संक्रमितको संख्या बढेको देखिए पनि लगातार खोप लगाएपछि पछिल्लो एक महिनायता संक्रमितको संख्या औसतमा ६ सयदेखि हजारको हाराहारीमा छ ।
कोभिडविरुद्धको खोप अभियानका रूपमा सञ्चालन गरेपछि संक्रमणदर ह्वात्तै घटेको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया