नुवाकोटमा कोरोना संक्रमित फेरि बढ्दै

विदुर खबर २०७८ असोज १७ गते ८:१८

नुवाकोट । नुवाकोटमा कोरोना संक्रमितको संख्या फेरि बढदै गएको छ ।

Advertisement

पछिल्लो एकमहिना यता दैनिक रुपमा संक्रमितको संख्या घटेपनि पछिल्लो तीनदिनदेखि जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५५ जनाको पिसिआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Advertisement

पछिलल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये १० जना विदुर नगरपालिकाका, २ जना बेलकोटगढी नगरपालिकाका, दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका र तारकेश्वर गाउँपालिकाका समान एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार एकसय ७७ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा ४ जना कोरोनामुत्त भएर घर फर्किएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ८ हजार ५७ पुगेको कार्यालयका सुचना अधिकारी खनालले जानकारी दिए ।

हाल जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ७१ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ६१ जना होम आइसोलेसन सेन्टरमा र १० जना अस्पतालमा उपचाररत रहेका छन् ।

नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको स.ख्या ४९ पुगेको छ । हालसम्म जिल्लामा २७ हजार ८ सय ८३ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया