नमराज भण्डारीको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन शिवपुरी गठन
नुवाकोट । नेकपा माओवादी केन्द्र समर्थित एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन शिवपुरीको अध्यक्षमा नमराज भण्डारी चयन भएका छन्।

शनिबार पार्टीको आस्थावान शिक्षकको भेलाले भण्डारीलाई अध्यक्षको रूपमा चयन गरेको हो।संगठनको उपाध्यक्षमा गणेशप्रसाद सिटौला, महिला उपाध्यक्षमा रमा खतिवडा, सचिवमा बिरबहादुर तामाङ, सहसचिवमा बिन्दा तामाङ, अर्थ सचिवमा रबिन्द्र तामाङ, अर्थ सहसचिवमा सीता पाठक लगायत १७ सदस्यीय समिति चयन भएका छन् ।
गाउँपालिकाको सेराबगरमा सम्पन्न कार्यक्रममा वाग्मती प्रदेश कमिटी माओवादी केन्द्रका नेता शिव खातीको प्रमुख उपस्थिति रहेको थियो।
त्यस्तै एकीकृत अखिल नेपाल शिक्षक संगठन नुवाकोट को संगठन बिस्तार तथा सुदृढिकरण अभियान अन्तर्गत शनिबार विदुर नगरपालिकामा समेत शिक्षकहरुको भेला सम्पन्न भएको छ। भेलाले बिष्णु ढुंगानाको अध्यक्ष्यतामा २९ सदस्यीय नगर कमिटी घोषणा गरिएको छ।
सुर्यगढी गाउँपालिकामा जीवन तमाङको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी, किस्पाङ गाउँपालिकामा कुमार न्यौपानेको अध्यक्षतामा १३ सदस्यीय गाउँ कमिटी, दुप्चेश्वर गाउँपालिकामा चन्द्रवीर तमाङ को अध्यक्षतामा १७ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ।
हालसम्म नुवाकोटका १० वटा गाउँपालिकामा पालिका स्तरिय र वडा स्तरिय कमिटी गठन र सदस्यीयता नवीकरण सम्पन्न भैसकेको एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष दीपक ढुंगानाले बताए। बाकी रहेको मेघाङ र तारकेश्वर गाउँपालिकामा यहि असोज २० गते भित्र कमिटी गठन सम्पन्न गरिने अध्यक्ष ढुंगानाले बताए।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना
यूएईको ग्यास केन्द्रमा मिसाइल खस्दा एक जनाको मृत्यु, ४ जना घाइते
फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?





प्रतिक्रिया