अप्राकृतिक मैथुन गराउने शिक्षक पुर्पक्षका लागि थुनामा

पर्वत ,बिद्यालय आउने कलिला बालबालिकालाई अप्राकृतिक मैथुन गराउने एक शिक्षक पुर्पक्षका लागि थुनामा परेका छन ।
पर्वतको फलेबास नगरपालिका वडा नम्वर ६ स्थित माझीगाउ प्राथमिक बिद्यालयका प्राधानाध्यापक खिलप्रसाद पौडेल पर्वतको जिल्ला अदालतको आदेशमा बिहीबार पुर्पक्षका लागि जेल चलान भएका हुन ।
पर्वत जिल्ला अदालतका निमिक्त न्यायधीश दयराम पोख्रेलको एकल इजलासको आदेशले थुनामा परेका प्रअ पौडेलले बिद्यार्थीलाई मुख मैथुन गराउँदै आएको अभियोग लागेको छ । ५१ बर्षिय प्रधानाध्यापक पौडेललाई फलेवास नगरपालिका – ६ मा रहेको माझीगाउ प्राविमा अध्ययनरत ७ देखि १२ बर्ष उमेरका ३ जना बालिका र अर्को एक बिद्यालयमा अध्ययनरत सोही उमेर समुहकी वालिकालाई पटक पटक फकाएर अप्राकृतिक मैथुन गराएको अभियोगमा साउन ६ गते पक्राउ परेका थिए ।
प्रअ पौडेलले करिब एक बर्ष अघि देखि आफ्नो यौनाङ्ग खेलाउन लगाउने र आफुँले पनि बालबालिकाको यौनाङ्ग खेलाइदिने गरेको पिडीत बालबालिकाले अभिभाबक संग बताएका थिए । अभिभावकले उक्त अपराध थाहा पाएपछि अभिभावक, शिक्षक, र बिद्यार्थीका बिचमा बिद्यालयमा समेत छलफल भएपछि शिक्षकले गरेको अरपाध पुष्टि भएको थियो । अभिभावकले प्रअ पौडेललाई कालोमोसो र जुत्ताको माला लगाउँनुका साथै प्रहरी चौकी फलेबासलाई बुझाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै
निर्वाचन प्रहरीको हतियार,बेतको लौरो





प्रतिक्रिया