अखिल क्रान्तिकारीको बन्दसत्र सुरु हुँदै
नुवाकोट । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अन्तर्गत आजबाट बन्दसत्र सुरु हुँदै छ । बबरमहलस्थित कार्की व्यांक्वेटमा मध्याह्न १२ बजेपछि बन्दसत्र सुरु हुने छ ।
बन्दसत्रमा पार्टीका नेताहरुको राजनीतिक प्रशिक्षण हुनेछ । बन्दसत्रमा अध्यक्ष रञ्जित तामाङले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पनि पेश गर्ने छन् ।
त्यसपछि विभिन्न समूह बनाएर प्रतिवेदन उपर छलफल हुनेछ । प्रत्येक समूहले एक टोली नेता छान्ने छन् र छलफलपछि हलमा टोली नेताले छलफलमा उठेका विषय राख्ने छन् । प्रतिवेदन पारित भएपछि नेतृत्व निर्माणको प्रक्रिया अघि बढ्नेछ ।
अध्यक्ष पदमा सुरेन्द्र बस्नेत र पञ्चा सिंह मुख्य दाबेदार छन् । उपाध्यक्षहरु तिलक भण्डारी, दीपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी पनि अध्यक्षका आकांक्षी छन् ।
संगठनमा ३५ वर्ष भन्दा कम उमेरको व्यक्ति अध्यक्ष हुनुपर्ने मत राख्दै आएका अर्का उपाध्यक्ष दिपेश पुनले पनि अध्यक्षमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । उनले पार्टीे र संगठनले नेतृत्वको जिम्मा दिए पछि नहट्ने बताए ।
उपराष्ट्रपति नन्दबहादुर पुनका कान्छो छोरा दिपेश ३५ वर्षभन्दा कम उमेरका छन् । गत मंगलबार अध्यक्ष पदका आकांक्षीहरुसँग पार्टी अध्यक्ष प्रचण्डले छलफल गर्दा दीपेश भने सहभागी थिएनन् ।
२१ औं राष्ट्रिय सम्मेलनमा इतिहासमै पहिलोपटक निर्वाचनमार्फत् रञ्जित तामाङ अध्यक्ष चुनिएका थिए । तामाङ यसपटक अध्यक्षमा दोहोरिने छैनन् । २२ औं राष्ट्रिय सम्मेलनबाट सहमतिको आधारमा नयाँ नेतृत्व चयन हुने उनले बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बिहीबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन उदघाटन गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
कलाकार सागर लम्साल (बले) पक्राउ
आज धेरै ठाउँमा हावाहुरीको सम्भावना





प्रतिक्रिया