फेरि ओरालो लाग्यो बजार, नेप्से ३२ अंकले
नुवाकोट । बुधबार बाउन्स ब्याक भएको सेयर बजारमा बिहीबार फेरि पुरानै गति देखिएको छ ।

बिहीबार नेप्से परिसूचक ३२.५२ अंकले घटेर २६३३.४२ अंकमा सीमित भएको छ । गत बिहीबारदेखि मंगलबारसम्म २०४ अंकले घटेको बजारमा बुधबार केही सकारात्मक संकेत देखिए पनि बिहीबार फेरि गिरावट कै बाटोमा नेप्से देखिएको छ ।
लगानीकर्ता दशैं आउँनै लाग्दा बजारबाट बाहिरिन खोजेको देखिएको छ ।
यो दिनको कारोबारमा लामो समयसम्म कारोबार रकममा समेत उल्लेख्य कमी आएको छ । यो दिन ७३ लाख ३१ हजार १४ कित्ता सेयर जम्मा ३ अर्ब ७० करोड २९ हजार ५०७ रुपैयाँमा कारोबार भएको छ ।

उपसमूहतर्फ ट्रेडिङ र म्यूचुअल फण्डबाहेकमा गिरावट देखिएको छ ।
यद्यपि यो दिनको कारोबारमा नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त, माइलुङ खोला जलविद्युत् कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने गुडविल फाइनान्स, प्रिमियर इन्स्योरेन्स, हिमालयन पावर पाटर्नर, कर्पोरेट डेभलपमेन्ट बैंकलगायतका कम्पनीको सेयरमा गिरावट देखिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











फेरि ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?
युनाइटेड आधारभुत विद्यालयलाई लुम्बिनी विकास बैंकको डेक्स बेन्च सहयोग
चुनावमा पछारिइसक्यौं, अब अहंकार त्यागेर मिलौं : गुरुङ
खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनु आवश्यक छ : लामिछाने
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा





प्रतिक्रिया