नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५८ मा झर्यो
नुवाकोट । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ५८ मा झरेको छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ७ जना कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५८ मा झरेको हो ।
यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्किएसँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ८ हजार ५३ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ७५ जनाको पिसिआर र १० जनाको एन्टैजेन परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकाका ६ जना रहेका छन् । यस्तै किस्पाङ गाउँपालिकाका ३ जना, सुर्यगढी गाउँपालिकाका र लिखु गाउँपालिकामा सामान २÷२ जना म्यागङ गाउँपालिकामा एक जना कोरोना संक्रमित थपिएका छन् ।
नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ४९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
जिल्लामा हालसम्म २७ हजार ७ सय ९८ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया