कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने
नुवाकोट । सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन गरेको छ। दशैंका कारण कात्तिक २ र ३ गतेका लागि तय भएको कार्यक्रमको मिति सारिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुने छ। उक्त कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ‘ए’ खुवाउनुका साथै जुकाको औषधि र बालभिटा समेत दिइन्छ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिस अनुसार सचिवस्तरीय निर्णयबाट नयाँ मिति तय भएको हो। मिति परिवर्तन भएको जानकारी सबै ७५३ वटै स्थानीय तहलाई गराइएको छ।
भिटामिन ‘ए’ कार्यक्रमका लागि सहजिकरण गरिदिन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध पनि गरेको छ ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तरगर्त सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लाहरुमा वितरण गर्दै आएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












गाेरखामा माइक्राेबस दुर्घटना हुँदा १७ जना घाइते
गेर्खुमा शहिद जङ्गबहादुर प्याकुरेलको शालिक अनावरण
स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की





प्रतिक्रिया