राप्रपा नुवाकोटको अध्यक्षमा खड्की

विदुर खबर २०७८ असोज ९ गते २१:४१

नुवाकोट । रााष्ट्रिय प्रजातन्त्र पार्टी नुवाकोटको अध्यक्षमा कुल वहादुर खड्की चयन भएका छन् ।

Advertisement

शनिवार भएको राप्रपा नुवाकोट जिल्ला निर्वाचन कमिटी घोषणा कार्यक्रममा जिल्ला अध्यक्षमा खड्की चयन भएको जानकारी गराइएको थियो ।


अध्यक्षमा निर्वाचित भएका खड्की अबका दिनमा सबै नेता तथा कार्यकर्तालाई मिलाएर अघि बढ्ने बताए । साथै पार्टीका शिर्षस्थ नेताहरुले पार्टीमा क्षमता र योगदानका आधारमा मुल्याङ्कन गर्नुपर्ने बताए ।

Advertisement


त्यस्तै कार्यक्रममा राप्रपाका केन्द्रिय अध्यक्षमा डा प्रकाश चन्द्र लोहनीले जनताले देशमा कांग्रेस र एमालेको विकल्प खोजेको भन्दै त्यस्तो विकल्प राप्रपाले मात्र दिन सक्ने बताए ।


फरक प्रसंगमा नेता लोहनीले पुर्व एमालेको सरकारले देशमा लुट मच्चाएको आरोप लगाए ।

Advertisement

प्रतिक्रिया