सुर्यगढी गाउँपालिकाको कांग्रेस सभापतिमा प्याकुरेल निर्विरोध

विदुर खबर २०७८ असोज ९ गते २०:०३

नुवाकोट । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्र्तगत नुवाकोटमा आज भएको गाउँ र नगर अधिवेशनको नतिजा आउने क्रम जारी छ ।

Advertisement

यसैक्रममा सुर्यगढी गाउँपालिकाको सभापतिमा युवा नेता शंकर प्याकुरेल निर्विरोध निर्वाचित भएका छन् ।

अन्य दुई जनाले पनि सभापतिमा दावेदारी प्रस्तुत गरेपनि अन्तिम समयमा आएर अन्यले उम्मेदवारी फिर्ता लिएपछि प्याकुरेल निर्विरोध निर्वाचित भएका हुन् ।

Advertisement

यससँगै नुवाकोट कांग्रेसले लिखु गाउँपालिका, पन्चकन्या गाउँपालिका किस्पाङ गाउँपालिकामा सभापति पाएको छ ।

प्रतिक्रिया