नुवाकोट हेल्थपाेष्टमा नि:शुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न
विदुर नगरपालिका वडा नम्बर २ नुवाकोटमा रहेको हेल्थपाेष्टमा नि:शुल्क दन्त शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

लायन्स क्लब अफ काठमाडौं बिशाल बजारकाे आयोजना र नुवाकोटमा क्रियाशील लायन्स क्लब तथा लियो क्लबहरुकाे सहयोग तथा स्थानीय नुवाकोट युवा क्लबकाे विशेष संयाेजनमा उक्त शिविर संचालन भएको हाे।
जनचेतनाकाे हिसाबले याे दन्त शिविर अत्यन्तै महत्त्वपूर्ण रहेको नुवाकोट युवा क्लबका अध्यक्ष सराेज डंगोल बताए। बेलाबेलामा हुने यस्ता शिविरहरुले स्थानीय जनताले धेरै लाभ पाउने हुनाले सहयोगी संस्थाहरुले गाउँ गाउँमा स्वास्थ्य शिविरहरु संचालन गर्नेमा ध्यान दिनुपर्नेमा अध्यक्ष डंगोलले जाेड दिएकाछन्।

लियो क्लब अफ नुवाकोट क्यापिटलका अध्यक्ष दिविस्ता प्रधानका अनुसार नुवाकोट हेल्थपाेष्टमा संचालन भएको कार्यक्रममा १५० जना भन्दा बढीले दन्त सेवा लिएकाे र २० जनाले रक्तदान गरेकाछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पाँचपटक मन्त्री भएका ७८ वर्षीय अर्जुननरसिंह कांग्रेसकाे समानुपातिक सूचीमा
बाबुराम शर्माको कृति ‘जीवनको पाठशाला’ विमोचन
आज तमु ल्होसार, सार्वजनिक बिदा
कुलमानलाई रास्वपाले दियो दोस्रो वरीयता
बालेन्द्रले भने : म नेपाल हाँसेको हेर्न चाहन्छु





प्रतिक्रिया