म्यागङमा कांग्रेस सभापति बन्न सिंहराज तामाङ उम्मेदवारी घोषणा

नुवाकोट । नेपाली कांग्रेसको आसन्न १४ औ महाधिवेशनको तयारी केन्द्रदेखि जिल्लासमम्म तिव्र गतिमा भइरहँदा दैनिक विभिन्न पदमा उम्मेदवारी दिनेको संख्या बढी रहेको छ ।

यसैक्रममा दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा रहेको म्यागङ गाउपालिकामा सभापतिको लागि उम्मेदवारी घोषणा भएको छ । नुवाकोट जिल्ला म्यागङ गाउपालिकाका बर्तमान सभापति सिंहराज तामांगले आफु पुन: एकपटक गाउँपालिका सभापतिको उम्मेदवार बन्ने कुरा बताएका छन् ।
सिंहराज तामांग हालसम्म २ पटक ( २०५४ र २०५६ ) गाबिस सभापति समेत बनिसकेका छन् । । हाल तामांग नेपाल कृषि संघ, नुवाकोटका अध्यक्ष समेत रहेका छन् ।
जन्म देखि कांग्रेसको राजनीति गरेका सिहराज तामांग नै म्यागङ गाउपालिकाको नेपालि कांग्रेसका सभापतीको उम्मेदवार हुनु पर्ने कुरा प्रतिनिधिहरुको समेत तर्क छ ।
म्यागङको कांग्रेस सुदृढ बनाउन तामांगले गहन भूमिका खेलेकाले पुन कांग्रेसलाइ बलियो बनाउन सिहराज तामांगलाइ नै सभापति बनाउनु पर्ने प्रतिनिधी रहेका ब्यक्तीहरु बताउछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया