किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्री
नुवाकोट ।सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ ।
संविधान दिवसका अवसरमा सरकारले राष्ट्रिय टिमका कप्तानद्धय चेम्जोङ र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रमको आयोजना गरि कप्तानद्धय सहित संविधान दिवसका अवसरमा सम्मानित सम्पुर्णलाई विभुषित गर्नेछिन् ।
दुवै खेलाडी देशको प्रतिनिधित्व गर्दै अहिले विदेशी भुमिका छन् ।
फुटबल टिमका कप्तान साफको तयारीका लागि कतारमा बन्द प्रशिक्षणमा सहभागी छन् भने मल्लको कप्तानीमा नेपालले आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत ओमानमा त्रिकोणात्मक सिरिज खेलिरहेको छ ।
संविधान दिवसकै अवसरमा सरकारले खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई विभुषित गर्ने भएको छ ।
सरकारले जनसेवा श्रीबाट नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ्ग डाललाई विभुषित गर्ने भएको छ ।
यस्तै पारा खेलाडीद्धय हिमाल अर्याल र केशव थापा समेत जनसेवा श्रीबाट विभुषित हुने भएका छन् ।
यस्तै, सरकारले सुकीर्ति पदकबाट करातेकी खेलाडी अनु अधिकारी, फुटबलकी विमला चौधरी, ब्याडमिन्टन खेलाडी दिपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई विभुषित गर्ने भएको छ ।
सरकारले संविधान दिवसका अवसरमा राष्ट्र हितमा योगदान गरेका विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभुषणबाट सम्मानित गर्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु
विदुर १२ पन्थगाउँमा खुकुरी प्रहार गरि एकजना घाइते





प्रतिक्रिया