किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्री

विदुर खबर २०७८ असोज ३ गते ११:४४

नुवाकोट ।सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ ।

Advertisement

संविधान दिवसका अवसरमा सरकारले राष्ट्रिय टिमका कप्तानद्धय चेम्जोङ र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने बताएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक कार्यक्रमको आयोजना गरि कप्तानद्धय सहित संविधान दिवसका अवसरमा सम्मानित सम्पुर्णलाई विभुषित गर्नेछिन् ।

Advertisement

दुवै खेलाडी देशको प्रतिनिधित्व गर्दै अहिले विदेशी भुमिका छन् ।

फुटबल टिमका कप्तान साफको तयारीका लागि कतारमा बन्द प्रशिक्षणमा सहभागी छन् भने मल्लको कप्तानीमा नेपालले आइसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत ओमानमा त्रिकोणात्मक सिरिज खेलिरहेको छ ।

Advertisement

संविधान दिवसकै अवसरमा सरकारले खेलकुद क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई विभुषित गर्ने भएको छ ।

सरकारले जनसेवा श्रीबाट नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ्ग डाललाई विभुषित गर्ने भएको छ ।

यस्तै पारा खेलाडीद्धय हिमाल अर्याल र केशव थापा समेत जनसेवा श्रीबाट विभुषित हुने भएका छन् ।

यस्तै, सरकारले सुकीर्ति पदकबाट करातेकी खेलाडी अनु अधिकारी, फुटबलकी विमला चौधरी, ब्याडमिन्टन खेलाडी दिपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई विभुषित गर्ने भएको छ ।

सरकारले संविधान दिवसका अवसरमा राष्ट्र हितमा योगदान गरेका विभिन्न क्षेत्रका व्यक्तित्वलाई विभुषणबाट सम्मानित गर्दै आएको छ ।

प्रतिक्रिया