नुवाकोटमा सक्रिय कोरोना संक्रमितकाे संख्या एकसयमा झर्याे

विदुर खबर २०७८ असोज ३ गते ९:३५

नुवाकाेट । नुवाकाेटमा सक्रिय काेराेना संक्रिमतकाे संख्या घट्दै गएकाे छ ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकाेटका अनुसार पछिल्लाे २४ घण्टामा जिल्लामा ११ जना काेराेना संक्रमित काेराेनामुत्त भएर घर फर्किएसँगै जिल्लामा काेराेनामुत्त भएर घर फर्किनेकाे संख्या एकसयमा झरेकाे हाे ।

स्वास्थ कार्यालय नुवाकाेटका अनुसार पछिल्लाे २४ घण्टामा जिल्लामा ११ जना काेराेनामुत्त भएर घर फर्किएसँगै जिल्लामा काेराेनामुत्त भएर घर फर्कनेकाे संख्या ७ हजार ९ सय ५३ पुगेकाे कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।

Advertisement

यस्तै पछिल्लाे २४ घण्टामा जिल्लामा कुनैपनि काेराेना संक्रमित नभेटिएकाे स्वास्थ्य कार्यालय नुवाकाेटले जनाएकाे छ ।

जिल्लामा हालसम्म ८ हजार एकसय जनामा काेराेना संक्रमण देखिएकाे छ । यस्तै नुवाकाेटमा हालसम्म ४७ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय नुवाकाेटले जनाएकाे छ ।

Advertisement

कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार नुवाकाेटमा हालसम्म २७ हजार ३ सय ६० जनाकाे पिसिअार परिक्षण गरिएकाे छ ।

नुवाकाेटमा सबैभन्दा बढी विदुर नगरपालिकामा काेराेना संक्रिमतकाे संख्या बढी रहेकाे छ ।

प्रतिक्रिया