नुवाकोटमा विप्लव समुहद्वारा हिरासतमै कार्यकर्तामाथि कारबाही

विदुर खबर २०७८ असोज २ गते २१:१७

नुवाकोट । पक्राउपछि हिरासतमा रहँदा पार्टी परिवर्तन गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले एक जना नेतालाई कारबाही गरेको छ ।

Advertisement

कारबाही पर्नेमा विप्लव नेकपाका शिक्षक नेता रहेका छन् । नुवाकोटको बेलकोटगढी घर भएका शिक्षक नेता केशव प्रसाद बास्कोटालाई विप्लव समुहले पार्टी हित विपरित माओवादी केन्द्रमा प्रवेश गरेको भन्दै कराबाही गरेको हो ।

उनी विप्लव समुह छोडेर नेकपा माओवादी केन्द्रको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनको सदस्य बनेको विप्लव समुहको अरोप छ ।

Advertisement

उनलाई कारबाही गर्ने पत्रममा ईन्चार्ज बताउने विन्दु र सेक्रेटरीब ताउने सृजनले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया