नुवाकोटमा एकीकृत समाजवादीको जिल्ला कमिटि घोषणा
नुवाकोट । नेकपा एकीकृत समाजवादी पार्टीले नुवाकोटमा जिल्ला कमिटी गठन गरेको छ ।
एकीकृत समाजवादीले गोविन्द नेपाली संयोजक रहने गरी १ सय ५१ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

नेकपा एकीकृत समाजवादीका प्रवत्ता तथा युवा नेता विरोध खतिवडाको उपस्थितिमा एकिकृत समाजवादीले नुवाकोट जिल्ला कमिटी घोषण गरेको हो ।
जिल्ला कमिटी सदस्यमा एमालेबाट वडाअध्यक्ष तथा वडा सदस्य जितेकाहरूसहित जिल्लाका प्रभावशाली युवाहरु समेत रहेका छन् ।

यस्तै समाजवादी नुवाकोटको सल्लाहकारमा पुर्व सांसद राजेन्द्र प्रकाश लोहनी, सुर्य कँडेल र अच्युत पाण्डे रहेका छन् । जिल्ला कमिटी १ सय ५१ सदस्यीय हुनुपर्नेमा अन्य सदस्यपछि चयन गरिने संयोजक नेपालीले जानकारी दिए ।
शनिवार १ सय ३१ सदस्यीय जिल्ला कमिटिको नाम घोषणा गरिएपनि १९ जनाको नाम आवश्यकता अनुसार मनोनयन गर्ने बताइएको छ ।
यस्तै एकीकृत समाजवादी पार्टी नुवाकोटले एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीलाई विभाजन गरेर निहित स्वार्थ पूरा गर्ने बाटो रोजेको आरोप एकीकृत समाजवादीले लगाएको छ ।



- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया