नुवाकाेटमा आज एकीकृत समाजवादीकाे भेला हुँदै

विदुर खबर २०७८ असोज २ गते ९:२२

नुवाकाेट । नेपाल कम्युनिष्ट पार्टि एकीकृत समाजवादी नुवाकाेटकाे आज जिल्ला भेला हुँदै छ ।

Advertisement

ढुङ्गेकाे एक हाेटलमा हुन लागेकाे भेलालाइ नेकपा एकीकृतका प्रवत्ता तथा युवा नेता विराेध खतिवडाले संम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।

एमालेबाट अलग भइ भर्खर मात्र निवार्चन आयाेगबाट मान्यता पाएकाे एकीकृत कम्युनिष्ट पार्टी नुवाकाेटकाे पहिलाे पटक बैठक बस्न लागेकाे हाे ।

Advertisement

आज बस्ने भेलाले जिल्ला नेतृत्व चयन गर्ने नेकपा एकीकृत नुवाकाेटका नेता राजेन्द्र प्रकाश लाेहनीले जानकारी दिए ।

नुवाकाेटमा नेकपा एसकाे पक्षमा १० जना जनप्रितिनिध रहेका छन् ।

Advertisement

प्रतिक्रिया