नेकपा एमाले नुवाकोटको जिल्ला कमिटि बैठक सम्पन्न

नुवाकोट । नेकपा एमाले नुवाकोटको १७ औ जिल्ला कमिटि बैठक शुक्रवार सम्पन्न गरेको छ ।
झण्डै ९ महिना समानान्तर कमिटि बनाएर माधव कुमार नेपाल पक्षमा लागेका जिल्ला अध्यक्ष नारायण प्रसाद खतिवडा पनि शुक्रवारको बैठकमा उपस्थिति भएका थिए ।

बैठकले बृहत् पार्टी एकताको भावनाको सम्मान गर्दै ७ निर्णय गरेको छ । बैठकले पार्टीको केन्द्रिय कमिटिबाट जारी भएको परिपत्र अनुसार जिल्ला कमिटि तथा मातहतको कमिटिको व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
यस्तै विगतमा भएका कमिटि तथा समानान्त कमिटिहरुको जिल्ला कमिटिले स्वामित्व लिँने निर्णय गरेको छ । त्यस्तै १० दिनभित्र जिल्ला कमिटि तथा मातहतको कमिटि व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको नेकपा एमाले नुवाकोटका नेता बद्री मैनालीले जानकारी दिए ।
यस्तै बैठकले आगामी असोज २५ गतेभित्र पार्टीको सदस्यता नविकरण गरिसक्ने, असोज १२ गतेभित्र सबै पालिका र वडाहरुको बैठक सम्पन्न गर्ने र असोज १४ गते जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको नेता मैनालीले जानकारी दिए ।

यस्तै बैठकले नेकपा एमाले नुवाकोटको कोषाध्यक्षमा काशीराज अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया