अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसको विरोध प्रदर्शन
एजेन्सी । अफगानिस्तानको कान्दाहारमा हजारौँ मानिसले विरोध प्रदर्शन गरेका छन् ।
तालिबानले घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न भनेको हाे । कान्दाहारमा यसको विरोधमा प्रदर्शन भएको हो ।
सरकारी जग्गामा नै भए पनि २० वर्षदेखि आफूहरु यही ठाउँमा बसेकाले घर खाली नगर्ने प्रदर्शनकारीले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकी र पश्चिमी सैनिक गठबन्धन (नाटो) फौजले बहिर्गमन प्रक्रिया थालेसँगै तालिबान अगष्ट १५ मा काबुल प्रवेश गरेको थियो ।
काबुल तालिबानको हातमा परेपछि र पूर्व राष्ट्रपति असरफ घानी निर्वाचित सरकार ढलेको थियो । तालिबानको कब्जापछि अफगानिस्तानमा मानव अधिकारको भयावह अवस्था देखिएको टिप्पणीहरू हुँदै आएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया