राजा र जनताको एकताले मात्र राष्ट्रियता र प्रजातन्त्र वलियो हुन्छ : डा. लोहनी
नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् ।
नुवाकोटको विदुरमा राष्ट्रिय प्रजातन्त्र पाटी नुवाकोटको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दे लोहनीले देश र जनतालाई एकताको सुत्रमा बाँध्न राजसंस्था आवश्यक भएको बताएका हुन् ।
डा. लोहनीले शासन जनताले गर्ने तर अभिभावकको रुपमा रहने राजसंस्था व्यवस्था चाहिएको बताए । राजा र जनताको एकतामा नै देश बलियो हुने हो, प्रजातन्त्र सुढृद हुने हो,’ राप्रपाका अध्यक्ष लोहनीले भने ।
फरक प्रसंगमा लोहनीले राष्ट्रपति विद्यादेवि भण्डारी समग्र नेपालको रााष्ट्रपति हुन नसकेर एउटा गुटको मात्रै राष्ट्रपति भएको भन्दै असन्तुष्टि समेत व्यत्त गरे ।
कार्यक्रममा विभिन्न दल परित्याग गरी राप्रपामा प्रवेश गर्ने एक दर्जन भन्दा बढीलाई अध्यक्ष लोहनीले स्वागत गरेका थिए ।
आज भएको अधिवेशनमार्फत राप्रपा नुवाकोटले नयाँ नेतृत्व पाउनेछ । तिन राप्रपा एक भएपछि जिल्लामा पहिलोपटक जिल्ला अधिवेशन भएको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया