नुवाकोटमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिए
नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा २२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय नुवाकोट अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ५३ जनाको पिसिआ र २५ जनाको एन्टीजेन परिक्षण गर्दा २२ जनामा कोरोनजा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार ५४ पुगेको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले बताए । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी ११ जना विदुर नगरपालिकाका रहेका छन् ।
यस्तै शिवपुरी गाउँपालिकामा ५ जना कोरोना संक्रमित थपिँदा लिखु गाउँपालिकामा ३ जना संक्रमित भेटिएका छन् ।
यस्तै पन्चकन्या गाउँपालिकामा २ जना संक्रमित थपिँदा बेलकोटगढी नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २२ जना कोरोनामुत्त भएका छन् । यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या ७ हजार ८ सय ८१ पुगेको छ ।
नुवाकोटमा हालसम्म ४७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
हालसम्म जिल्लामा २७ हजार एक सय ४३ जनाको पिसिआर परिक्षण गरिएको कार्यालयको भनाइ रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया