ढुङ्गेका ६ खाध्यान्न पसलमा अखाध्य वस्तु भेटियाे, कारवाही जम्मा दशहजार मात्र
नुवाकोट । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सोमवार विदुर नगरपालिका वडा नम्बर १ ढुड्गेमा रहेको खाद्य पसलहरुको अनुगमन गरेको छ ।
अनुगमनको क्रममा व्यवसाय दर्ता नवीकरण, मूल्य सूची, नापतौल, खाद्यवस्तु उत्पादनको मिति, म्याद समाप्त मिति, खरिद बील र बिक्री बीलको निरीक्षण गरिएको थियो ।
अनुगमनको क्रममा व्यवसाय दर्ता नवीकरण नगरेको, मूल्य सूची नटासेको, , खाद्यवस्तु उत्पादनको मिति मिति उल्लेख नगरेको तथा म्याद समाप्त मिति उल्लेख नगरिएको, खरिद बील र बिक्री बील जारी नगरेको भन्दै आधा दर्जन खाद्य पसलहरुलाई कारवाही गरिएको छ ।
शुभलाभ स्टोर, भान्जा इन्टरप्राइजेज, बजरंग स्टोर्स, एस अधिकारी सप्लायर्स, कालिका मर्केटिङ , रिजाल स्टोस रहेका छन् । कारवाहीमा परेका प्रत्येक खाद्यान्न पसललाई १० हजार रुपैयाँ जरिमाना समेत तिराइएको उपभोत्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्र पण्डितले जानकारी दिए ।
कारवाही गरिएको पसलहरुलाई तत्काल कमजोरी हटाउन निर्देशन दिइएको नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया