दुप्चेश्वरमा कांग्रेसका आधा दर्जन कार्यकर्ता एमाले प्रवेश

विदुर खबर २०७८ भदौ २८ गते १५:४१

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका आधा दर्जन युवाहरु नेकपा एमाले प्रवेश गरेका छन् ।

Advertisement

सोमवार बाग्मति प्रदेशका कृषि , भुमिसुधार तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

एमाले प्रवेश गर्नेहरुमा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ४ का बुद्व तामाङ, राजन तामाङ, बिनाबहादुर तामाङ, अजित तामाङ र महेन्द्र तामाङ रहेका छन् ।

Advertisement

उनीहरुले अन्य पार्टीले युवाहरुको आवश्यकता र मागलाई सम्बोधन गर्न नसकेको एमाले प्रवेश गरेको बताए ।

पछिल्लो समय नुवाकोटमा विभिन्न पार्टी परित्याग गरि नेकपा एमाले प्रवेश गर्ने लहर चलेको छ ।

Advertisement

एकसाता यता माधै जिल्लाको विभिन्न् स्थानमा एकसयभन्दा बढी नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेको नेकपा एमाले नुवाकोटले जनाएको छ ।

 

 

प्रतिक्रिया