हुम्लामा भालुको आक्रमणबाट महिला घाइते

विदुर खबर २०७८ भदौ २७ गते २०:३२

नुवाकोट । जुम्लामा भालुको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।

Advertisement

आइतबार दिउँसो खेतमा काम गरिरहेका बेला उनलाई भालुले आक्रमण गरेको हो । खार्पुनाथ गाउँपालिका–४ छिप्रा गाउँकी ३६ वर्षकी असली उपाध्याय भालुको आक्रमणबाट घाइते भएको प्रहरीले जनाएको छ।

उनलाई आइतबार अपरान्ह साँढे १ बजेको समयमा भालुले आक्रमण गरेको थियो । उनको टाउको र हातमा गहिरो चोट लागेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिईन् ।

Advertisement

घाइते उपाध्यायको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि जिल्ला अस्पताल हुम्लामा लगिएको छ ।

उनको टाउकोमा टाँका लगाइएको छ भने टाउको र पिँडुलामा रगताम्य हुने गरी चिथोरेको छ ।

Advertisement

प्रतिक्रिया