बङ्गलादेशसँग नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै
विदुर खबर
२०७८ भदौ २७ गते ७:१०
नुवाकोट । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बङ्गलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दैछ ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा नेपाल र बङ्गलादेशबीचको खेल बेलुका ५ बजे सुरु हुनेछ ।
एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । गएको बिहीवार भएको पहिलो खेलमा नेपालले २–१ को जित निकालेको थियो ।
नेपालको जितमा डेब्यु खेलाडी सविता राना र प्रिती राईले एक/एक गोल गरेका थिए ।
बङ्गलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् । एएफसी महिला एसियन कप–२०२२ छनोट उज्वेकिस्तानमा आयोजना हुनेछ । छनोटमा नेपाल समूह ’एफ’ मा रहेको छ ।
Advertisement
नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित





प्रतिक्रिया