विदुर नगरपालिकाका विद्यालयहरु आईतवारदेखि खुल्ने

नुवाकोट । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को कारण मुलुकभर लकडाउन घोषणा भएपछि बन्द भएका नुवाकोटको विदुर नगरपालिकाका विद्यालयहरु आईतवारदेखि खुल्ने भएका छन् ।
आगामी आईतवार २७ देखि नगरपालिकाका सवै सामुदायिक तथा निजि विद्यालयहरु संचालन हुने भएका हुन् । विदुर नगरपालिकाको बैठकले आगामी आईतवारदेखि नियमित रुपमा विद्यालय खोलेर पठनपाठन सुचारु गर्ने निणर्य गरेको हो ।
झण्डै ४ महिनादेखि शैक्षिक संस्थाहरु बन्द हुँदा चालु शैक्षिक सत्रनै प्रभावित बन्ने अवस्था आएको र विद्यार्थीहरुको पठनपाठनमा समेत असर पुगेका कारण आईतवारदेखि नियमित रुपमा विद्यालय संचालन गर्न लागेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए ।
आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यालय सुचारु गर्न भनेका छौ मेयर पण्डितले भने । विद्यालयले आफ्नो अवस्था हेरेर पठनपाठनलाई कसरी व्यवस्थित गर्न सक्छ सोहि अनुसार व्यवस्थापन गर्ने गरी विद्यालय खोल्ने निणर्य गरिएको उनले बताए ।
लामो समय विद्यालय बन्द भएकाले पठन पाठन प्रभावित भएको र जिल्लामा जोखिमको अवस्था पनि न्यून हुँदै गएकाले विद्यालय संचालन गर्ने निणर्य गरिएको विदुर नगरपालिकाको शिक्षा शाखा प्रमुख दिवाकर चापागाईले जानकारी दिए ।
उनले विद्यालय व्यवस्थापन समिति र शिक्षकको सहकार्यमा मास्क, सेनिटाईजर र भौतीक दुरी कायम गरेर विद्यालय खोल्न लागिएको बताए ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटले गत वैशाख २१ गतेदेखि जिल्लामा लकडाउन घोषणा गरेको थियो ।
त्यसपछि जेठदेखि निजि विद्यालयहरुले अनलाईन कक्षा संचालन गर्दै आएका थिए भने केहि सामुदायिक विद्यालयले अनलाईन र केहि विद्यालयहरुले टोल शिक्षा संचालन गरेर पढाउँदै आएपनि प्रभावकारी नदेखिएपछि नगरपालिकाले विद्यालयनै खोलेर पठनपाठन सुचारु गर्न आग्रह गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार
नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त
गल्छीमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु





प्रतिक्रिया