बेलकोटगढी ४ मा अझै कांग्रेसको अधिवेशन हुन सकेन

विदुर खबर २०७८ भदौ २५ गते ७:१७

नुवाकोट । विवादको कारण बेलकोटगढी नगरपालिका वडा नम्बर ४ मा अझै वडा अधिवेशन हुन सकेको छेन ।

Advertisement

२१ गते हुनुपर्ने अधिवेशन विवादको कारण अझै हुन नसकेको नेपाली कांग्रेस नुवाकोटका क्षेत्रिय सभापति जगत तामाङले जानकारी दिए ।

बेलकोटगढी ४ मा विवादका कारण अधिवेशन हुन सकेको छैन, निर्वाभन अधिकृतले पनि राजीनामा दिएका छन्, नयाँ निर्वाचन अधिकृत त्यहाँ पठाएर शुक्रवार विहानबाट निर्वाचन प्रक्रिया शुरु हुन तामाङले विदुर खबरसँग भने ।

Advertisement

नुवाकोटको क्षेत्र नम्बर २ अन्र्तगत रहेका ४३ वडामध्ये ४२ वडाका अधिवेश सम्पन्न भइसकेको छ ।

केही वडामा निर्वाचन भएपनि अधिकांश वडामा सहमतिमार्फत नेतृत्व चयन गरिएको नेपाली कांग्रेस नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया