तीज गीत : पोहोर साल सोचेझैँ जिन्दगी रैनछ, यसपालि चरी जेलैमा

विदुर खबर २०७८ भदौ २४ गते १९:३१

नुवाकोट । गत वर्ष ‘सोचेझैँ जिन्दगी रैनछ’ बाेलकाे गीत  निकै चर्चित  थियाे ।

Advertisement

मधु क्षेत्रीले गाएकाे साे गीतले बजार मात्र  पिटेन काेराेना महामारीका कारण घरमै थुनिएर बस्नुपर्ने बाध्यताकाे पीडा पनि बाेलेकाे  थियाे । साेही कारण गीतले निकै चर्चा बटुल्याे । गायिका मधु यही गीतबाट रातारात  हिट बनिन् ।

गीतमा खेम सेन्चुरी र मधु क्षेत्रीको स्वर तथा नेत्र अर्यालको शब्द सृजना छ । संगीत भने गायक खेम सेन्चुरीकै छ । गीत युट्यबुमा एक करोड ७६ लाखभन्दा बढी पटक हेरिएको छ ।

Advertisement

यसपालिको तीजमा भने चरी जेलैमाले दर्शकको मन जितेकाे छ ।

हिन्दु नारीहरूले बिहीबार हरितालिका तीज पर्व धूमधामका साथ मनाइरहेका छन् । निराहार व्रत बसेर शिवालयमा पूजाअर्चनासहित उनीहरू व्रत बसिरहेका छन् ।

Advertisement

खाली पेटमा रहेका उनीहरू विभिन्न गीत संगीतमा नाचगान पनि गरिरहेका छन् । तर, अधिकांश स्थानमा भने गायिका विष्णु माझीको स्वर रहेको ‘चरी जेलैमा’ गीत बज्ने गरेकाे छ ।

तीज गीतको रूपमा तीन साताअघि सार्वजनिक ‘चरी जेलैमा’ अहिले हरेकको जनजिब्रोमा झुन्डिएको छ । बिहीबार तीजका अवसरमा यही गीत बढी प्रयोगमा आएको छ । नारीको वेदनामाथि तयार पारिएका कारण पनि चरी जेलैमाले दर्शक र स्रोताको मन जितेकाे छ ।

सो गीत युट्युबमा एक करोड ७८ लाखभन्दा बढी पटक हेरिएको छ । विष्णु माझीको स्वर रहेको उक्तमा सुन्दरमणि अधिकारीको शब्द सृजना र संगीत रहेको छ । सुन्दरमणि र विष्णु माझी श्रीमान् श्रीमती हुन् ।

प्रतिक्रिया