कांग्रेसको विदुर ४ को मतदान सम्पन्न, केहीवेरमा मतगणना शुरु हुँदै

विदुर खबर २०७८ भदौ २२ गते १५:१२

नुवाकोट । नेपाली कांग्रेस विदुर नगरपालिका वडा नम्बर ४ मा नयाँ नेतृत्व चयनको लागि भएको निर्वाचनको मतदान सम्पन्न भएको छ ।

Advertisement

विहान ८ बजेदेखि शुरु भएको मतदान केहीवेरअघि सम्पन्न भएको हो । कुल एकसय ९५ जना मतदात रहेको वडा नम्बर ४ मा एक सय ७७ मत खसेको निर्वाचन अधिकृत हरेराम गिरीले जानकारी दिए ।

कांग्रेसको वडा सभापतिको लागि वडा नम्बर ४ मा वर्तमान सभापति मुकुन्द प्रसाद अधिकारी र रामचन्द्र रिमालविच प्रतिष्पर्धा भइरहेको छ ।

Advertisement

निर्वाचनमा रिजाल र अधिकारी दुई प्यानलसहित मैदानमा उत्रिएका छन् । उनीहरुबीच चुनावी प्रतिष्पर्धा तिव्र हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया