गेर्खुमा ८४ वर्षिय शेरवहादुर घले वडा सभापतिमा निर्वाचित

विदुर खबर २०७८ भदौ २१ गते १७:५७
वडा सभापतिमा निर्वाचित भएका ८४ वर्षिय शेरवहादुर घले ।

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुमा ८४ वर्षिय शेरवहादुर घले नेपाली कांग्रेसको वडा सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।

Advertisement

आज भएको अधिवेशसनले घलेलाई वडा सभापतिमा निर्विरोध निर्वाचित गरेको विदुर नगरपालिका वडा नम्बर ११ कांग्रसका नव निर्वाचित वडा सचिव नमराज चालिसेले जानकारी दिए ।

वि.स १९९६ साल साउन ११ गते साविक गेर्खु २ मा जन्मिएका घले योसँगै वडा ईकाइ सभापतिमा ८ औ पटक निर्वाचित भएका छन् ।

Advertisement

 

प्रतिक्रिया